ठूलो पार्टीकाे हैसियतले सम्मानजक संख्याका साथ सरकारमा जान्छौं : कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेस ठूलो पार्टीका हैसियतले सम्मानजक संख्याका साथ सरकारमा जाने भएको छ ।
पार्टी सभापति निवास धुम्बाराहीमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले ठूलो पार्टीका हैसियतले सरकारमा सम्मानजनक संख्या पाउनुपर्ने र त्यही आधारमा छिट्टै सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
बैठकपछि पार्टी प्रवक्ता डा प्रकाश शरण महतले गठबन्धनमा रहेका दलहरूले मन्त्रिमण्डलमा आफ्नै दाबी गरिरहेको अवस्थामा कांग्रेसले पनि ठूलो दलको हैसियतले स्म्मानजनक संख्या पाउनुपर्ने बताए । उनले कांग्रेसले पाउने संख्या र मन्त्रालयका विषयमा पार्टी सभापतिले प्रधानमन्त्रीसँग छलफल गर्ने र टुङ्गो लागेपछि नाम पठाउने जानकारी दिए ।
सरकारमा जान कांग्रेसले ८ वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । बैठकले शान्ति प्रक्रियालाई अन्तिम टुङ्गो लगाउनका लागि पीडितहरूको भावनालाई पनि मध्यनजर राखेर यस सम्बन्धी कानुन बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता महतले जानकारी दिए ।
त्यस्तै बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न सोमबार संसदीय दलको बैठक बोलाउने निर्णय गरेको महतले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया