शाहीको ‘समय सकस’

सुर्खेत- प्रदेश लोक सेवा आयोगका सदस्य बसन्ती शाहीद्वारा लेखिएको 'समय सकस' नामक पुस्तकको लोकार्पण गरिएको छ । कर्णालीकाे राजधानीमा शनिबार लोकार्पण समारोहको आयोजना गरी पुस्तकको विमोचन गरिएको हो ।
कोभिड महामारीका विषयलाई समेटेर पुस्तक लेखिएको लेखिका शाहीले बताइन् । ‘विश्वभर फैलिएको कोभिडले ठूलो सङ्कटको रूपमा देखा परेको थियाे । उक्त महामारीका कारण विश्वले मानवीय र आर्थिक सङ्कट एकै पटक सामना गर्नु परेको थियो । जसले विश्व अर्थतन्त्रको समग्र उत्पादन, उत्पादकत्व एवं आपूर्ति प्रणालीमा प्रतिकूल प्रभाव पनि थियो,’ शाहीले भनिन्, ‘असहज परिस्थितिले नेपालको अर्थतन्त्र र जनजीवनमा समेत गम्भीर असर पर्यो । धेरैले ज्यान गुमाउनु पर्यो ।’ त्यसैले कोरोना काल खण्ड बारेमा उक्त पुस्तक लेखिएको लेखक शाहीको भनाइ छ ।
सो पुस्तक ४ सय २ पृष्ठको रहेको छ । उक्त पुस्तकलाई कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले लोकार्पण गरेका छन् । पुस्तकमाथि बालरोग विशेषज्ञ डा. नवराज केसी, मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार महेन्द्र मल्ल तथा साहित्यकार देवकी तिमिल्सिनाले आफ्नो भनाइ राखेका छन् ।

होम परिबागको विचारोत्तेजक पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक

पास कसरी हुने जब...

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_SVRyyl2ceW_0ajtyj5qjgevhmj0xyehjk2x25zbn6ynhi1kaeqjznotkbdoew8iopqauy7g.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

प्रतिक्रिया