किन घटे कोभिड संक्रमित ? परीक्षण कम भएर !

काठमाडौं : पिसिआर परीक्षण कम भएसँगै कोभिड-१९ सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार ११२ जनाको पिसिआर परीक्षण गर्दा ५०२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २०४ जना महिला र २९८ जना पुरुष रहेका छन् ।
सोमबार ४ हजार ८३२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १९७ जनामा सङ्क्रमण देखिएको थियो । नयाँ सङ्क्रमितसहित अहिलेसम्म २ लाख ११ हजार ४७५ जना कोरोना पोजेटिभ भएका छन् । यस्तै ३० हजार ९८६ सक्रिय सङ्क्रमित रहेका छन् ।
आज देखिएका सङ्क्रमितमध्ये ३३९ जना उपत्यकाका छन् । तिमध्ये १४६ जना महिला र १९३ जना पुरुष छन् । प्रदेश नं १ मा आठ, प्रदेश नं २ मा २७, वाग्मती प्रदेशमा ३८०, गण्डकीमा १८ लुम्बिनीमा ६७ र सुदूरपश्चिमा दुई जनामा सङ्क्रमण देखिएको छ ।
यस्तै सङ्क्रमितमध्ये ३१८ जना सघन उपचार कक्ष (आइसियु)मा र ३८ जना भेन्टिलेटरमा उपचार भइरहेको छ । आइसियुमा प्रदेश नं १ मा ४३, प्रदेश नं २ मा १६, वाग्मती प्रदेशमा १०३, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ६४, कर्णालीमा नौ र सुदूरपश्चिमा पाँच जना उपचाररत छन् । भेन्टिलेटरमा प्रदेश नं १ मा सात, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा ३३, गण्डकीमा दुई, लुम्बिनीमा चार र सुदूरपश्चिमा एक जना उपचाररत छन् ।
त्यस्तै अहिलेसम्म एक लाख ७९ हजार २४२ जना निको भई घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ८४.८ प्रतिशत रहेको छ ।
अहिलेसम्म एक हजार २४७ जनाको निधन भएको छ । यस्तै २८ हजार २०७ जना होम आइसोलेसन र एक हजार ३ जना क्वारेन्टाइनमा छन् ।
हाल शुन्य सङ्क्रमित भएको जिल्ला मनाङ छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलाली छन् । (रासस)

बदाम तेल एक, फाइदा अनेक

रातको खानामा भुलेर पनि नखानुस् फलफूल र सलाद
बागलुङका चार पालिकामा क्षयरोग मुक्त अभियान

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

चार दिनमा निको हुने रुघाखोकी दुई हप्ता बढी लाग्दै

अब 'एक्सरे'को आवश्यकता नपर्ने, सेन्सरले नै बताउनेछ हड्डीको अवस्था

गर्मीमा छालालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस्

प्रतिक्रिया