सरकारमा जाने रस्साकस्सीबीच ‘छक्का पञ्जा ४’ हेर्न कीर्तिपुर पुगे पूर्व प्रधानमन्त्री नेपाल र खनाल

काठमाडौँ - प्रचण्ड सरकारमा मन्त्री बन्ने बनाउने दौडधुप चलिरहेका बेला नेकपा एकीकृत समाजवादीका नेता भने फिल्म हेर्न सुटुक्क सिनेमा घर पुगेका छन् । समाजवादीका अध्यक्ष माधव नेपालसहित झलनाथ खनाल, जगन्नाथ खतिवडा ‘छक्का पञ्जा ४’ हेर्न कीर्तिपुर पुगेका हुन् । कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्स हलमा उनीहरूले पौने एकको सोमा फिल्म हेर्दैछन् ।
१ महिनाअघि हलमा लागेको ‘छक्का पञ्जा ४’ले राजनीतिक विषय उठाएको छ । मुख्य अभिनेता दीपकराज गिरीले गुण्डागर्दीबाट राजनीतिमा आएर राम्रो काम गर्न खोजेको कथा फिल्ममा समेटिएको छ । फिल्मले सामाजिक सञ्जालको भरमा राजनीतिमा उदाएका रवि लामिछानेको चरित्रबाट प्रेरणा लिएको पनि धेरैको टिप्पणी छ ।
कीर्तिपुर सिनेप्लेक्सका सञ्चालक नरेन्द्र महर्जन नेकपा एमाले निकट हुन् । एमालेकै सिफारिसमा महर्जनले दुई दुई पल्ट चलचित्र विकास बोर्डको सदस्यको कार्यकाल बिताएका थिए ।
नेकपा एमालेसँगको गठबन्धन भत्किएर १० दलको नयाँ गठबन्धन बनेसँगै नेकपा एकीकृत समाजवादी सरकारमा जाने भएको छ । माओवादी केन्द्र र एमालेको गठबन्धन बन्दा समाजवादी सरकारबाहिर नै रहेको थियो । अहिले एमालेसँग गठबन्धन टुटेर माओवादीले काँग्रेससहित अन्य १० दलसँग मिलेर सरकार बनाउने भएपछि दुई मन्त्रालयसहित समाजवादी सरकारमा जाने चर्चा छ । सोमबारसम्ममा मन्त्री परिषद् विस्तार हुने चर्चाबीच समाजवादीका नेता भने फिल्म हेर्न हल पुगेका हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया