थाइल्यान्डमा हुने ‘हेरिटेज पेजेन्टस् २०२३’ का लागि आवेदन खुल्यो

काठमाडौंँ - विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उद्देश्यले सुरु भएको सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’ को नयाँ संस्करण सुरु भएको छ । आयोजक इप्लानेट सिंगापुरले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ संस्करणको तयारी सुरु भएको हो ।
आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने प्रतियोगिताको अध्यक्षमा इ–प्लानेट नेपालका सन्तोष सापकोटा र कोरियोग्राफर रोजिन शाक्य रहनेछन् । आवेदन समेत खुल्ला गरिएको प्रतियोगिताको कार्यक्रम संयोजक सुसान सनफुर्मी कोह र स्थानीय कोअडिनेटर फन्तिप सृवारान्यो रहेका छन् । प्रतियोगितामा मिस तर्फ १८ देखि २७ र मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर समूहकाले सहभागिता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए ।
हेरिटेज पेजेन्ट एउटा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । जसले शान्ति, वातावरण, पर्यटन, संस्कृति र सबैभन्दा माथि विश्वव्यापी सम्पदालाई विश्वव्यापी परिप्रेक्ष्यबाट प्रवद्र्धन गर्ने प्रयास गर्दछ ।
‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ इप्लानेट नेपालको आयोजना यो प्रतियोगीता पहिलो पटक २०१४ मा नेपालमा आयोजना गरिएको हो । प्रतियोगिताको दोस्रो संस्करण सन् २०१५ मा भारतको नयाँ दिल्ली, तेस्रो संस्करण सन् २०१६ मा श्रीलंका, चौथौं संस्करण सन् २०१९मा सिंगापुर तथा पाँचौं संस्करण सन् २०२२ मा मलेसियामा आयोजना भएको थियो ।
इप्लानेट नेपाल सिंगापुरको अर्किड कन्ट्रि क्लबमा आयोजित विशेष समारोहमा एसिया प्यासिफीक प्रेस्टिजियस विजनेस ब्रान्ड अवार्डबाट सम्मानित संस्था हो । इप्लानेटले देश भित्र क्षेत्रीय एवं राष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिता, सभा सम्मेलन, प्रदर्शनी एवं कर्पोरेट इभेन्टहरुको सफल व्यवस्थापन गर्दै आएको छ ।

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट

प्रतिक्रिया