सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

देशको स्वास्थ्य प्रणाली व्यवस्थित भएन : सांसद दिलकुमारी

काठमाडौँ- राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती) ले देशको स्वास्थ्य प्रणाली व्यवस्थित नरहेको बताएकी छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले नेपालको स्वास्थ्य प्रणाली चिन्ताजनक रहेको बताइन् । उनले एउटा अस्पतालबाट अर्को अस्पताल धाउँदा एम्बुलेन्सभित्र नै बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता सिर्जना भएको उल्लेख गरिन् ।

उनले स्वास्थ्य प्रणाली व्यवस्थित नहुँदा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, संघीयता, तीन तहका सरकारहरूको उपलब्धि नदेखिएको बताइन् ।

सांसद थापाले तीन तहका सरकारहरूको बीचमा समन्वय र सहकार्य नहुँदा नागरिकहरूले दुःख पाइरहेको बताइन् । उनले संघीय सरकार अन्तर्गतका अस्पतालहरु पनि नागरिकमैत्री बन्न नसकेको भनाइ राखिन् । अस्पतालहरू बिरामीमैत्री नभएकाले दीर्घकालीन रोगहरूको चाप बढेको उनकाे भनाइ छ।

सांसद थापाले बिरामीहरू तहगत सरकार र निकायहरूमा जाँदा बिरामीमैत्री व्यवस्था हुन नसकेको बताइन् ।