सरकारप्रतिको भरोसा बालबालिकामा देखिएन : सांसद देवकोटा

काठमाडौँ- राष्ट्रिय सभा सांसद अनिता देवकोटाले नागरिकमैत्री काम गर्ने कुराबाट सरकार चुक्नु नहुने बताएकी छिन् ।
आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारलाई यो वा त्यो बहानामा चुक्ने छुट नरहेको उल्लेख गरिन् ।
सरकारले नागरिकलाई केन्द्रबिन्दुमा राखेर जनमुखी काम गर्नुपर्ने देवकोटाकाे धारणा छ । उनले केही दिनअघि विद्यार्थीहरूले आफ्नो कपडामा अब खाडीमा भेटौंला भन्नेजस्ता शब्द राख्नु भनेको सरकारप्रति बालबालिकाहरूको भरोसा नरहेको स्पष्ट भएको बताइन् । उनले युवाले हाम्रो देशमा हाम्रो भविष्य छैन भन्ने सन्देश दिनु भनेको सरकारप्रति बालबालिकाहरूको भरोसा नहुनु रहेकोले सरकारले बेलैमा यी समस्याको सम्बोधन गर्नुपर्ने बताइन् ।
सांसद देवकोटाले नागरिकले पाउने सेवासुविधाहरू नागरिक केन्द्रित हुनुपर्ने बताइन् ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया