सत्तारुढ दलका सांसदको प्रश्नः नक्कली कागजात बनाएर विदेश पठाइँदा सरकार के हेरेर बसेको छ ?

काठमाडौँ - राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले वैदेशिक रोजगार व्यावसायिक संस्थाहरूले मनपरी ढंगले विदेश पठाइरहेको बारेमा सरकार जानकार छ की छैन भन्दै प्रश्न गरेकी छिन् ।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले वैदेशिक रोजगार व्यावसायिक संस्थाहरूले मनपरी ढंगले श्रमिकहरुलाई विदेश पठाइरहेको भन्दै सरकारले आवश्यक कदम चाल्न माग गरिन् । उनले नक्कली कागजपत्रहरू बनाएर वैदेशिक रोजगार व्यावसायिक संस्थाहरूले मनपरी गरिरहेको प्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले नागरिकलाई सरकारले वैदेशिक रोजगारीमा जाने र सुरक्षितसँग काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन् । उनले सरकारले स्वदेशमा नै उद्योगधन्दाहरू खोलेर रोजगारी सिर्जना गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘आज वैदेशिक रोजगार व्यावसायिक संस्थाहरूले मनपरी ढंगले विदेश पठाइरहेको छ । विभिन्न खालका कागजपत्रहरू बनाएर, नक्कली कागजपत्रहरू बनाएर पठाइरहेको स्थितिलाई सरकारले निगरानी राख्नुपर्छ की पर्दैन । उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ की पर्दैन ? जे गर्दा पनि खुला रुपले यो ढंगले यसको दुःख र कष्ट आज गरिब, निमुखा जनताले भोगिरहेका छन् । त्यसैले सरकारले वैदेशिक रोजगारीमा जाने र सुरक्षितसँग काम गर्ने र स्वतन्त्र ढंगले काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । पहिला त स्वदेशमा नै रोजगारी सिर्जना गरी राष्ट्र निर्माणमा लगाउनुपर्छ ।’
सांसद राईले युवाहरूलाई स्वरोजगार बनाइ समाजमा सम्मानपूर्वक बाच्न दिनुपर्ने बताइन् ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया