एक वा दुई मन्त्रालय हाम्राे पार्टीका लागि कम हाे : माधव नेपाल
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको साझा नीतिगत प्रतिबद्धताका आधारमा नयाँ सरकारले पूर्ण आकार लिने बताएका छन् ।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले अहिले सरकारको साझा नीति तथा कार्यक्रमसहितको नीतिगत प्रतिबद्धतामाथि गठबन्धनभित्र छलफल भइरहेको भन्दै त्यसैको आधारमा सरकारले पूर्ण आकार लिने बताएका हुन् । उनले बाहिर चर्चामा आएजस्तो आफ्नो पार्टीले कुनै विशेष मन्त्रालयमा दाबी नगरे पनि मुलुकको अर्थतन्त्रलाई बुझ्ने र समस्या समाधान गर्ने व्यक्तिलाई अर्थमन्त्रालयको र देशका सामू देखिएका चुनौती र अन्तर्राष्ट्रिय परिस्थितिलाई मूल्याङ्कन गर्न सक्नेलाई परराष्ट्रको जिम्मेवारी दिनुपर्नेमा जोड रहेको धारणा राखे ।
अध्यक्ष नेपालले एक वा दुई मन्त्रालय आफ्नो पार्टीका लागि कम हुने समेत बताए । उनले पछिल्लो समय सभामुखको कार्यशैलीले आपसी विश्वास कायम नरहने भएकाले संसद्को नियमावलीमा विस्तृत रूपमा छलफल गरेर टुङ्गोमा पुग्नुपर्ने जिकिर गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया