कार्तिकसँग ‘आशिकी’जस्तो फिल्म गर्ने राशीको चाहाना

मुम्बई - ‘फर्जी’बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री राशी खन्नाले कार्तिक आर्यनसँग फिल्म खेल्ने चाहाना व्यक्त गरेकी छिन् । दक्षिण भारतका लगभग सबै ठूला स्टारसँग काम गरेकी राशीले कार्तिक आर्यनसँग काम गर्दा ‘आशिकी’ जस्तो फिल्ममा काम गर्ने रुचि व्यक्त गरेकी हुन् ।
‘म कार्तिकसँग कमेडी होइन, गहिरो प्रेमकथा गर्न चाहान्छु । जस्तो कि आशिकी’ राशीले भनेकी छिन्,’ मलाई प्रेमकथा मनपर्छ । यो जस्तो फिल्म दर्शकले पनि मन पराउनु हुन्छ ।’
राशीले अमेजन प्राइममा रिलिज भएको ‘फर्जी’मा शाहिद कपुरसँग काम गरेकी थिइन् । ‘फर्जी’ ओटीटीमा सबैभन्दा बढी दर्शक पाउने फिल्मको रुपमा पहिलो नम्बरमा रहेको थियो ।
यता कार्तिक आर्यनको भने भर्खरै ‘शहजादा’ रिलिज भएको थियो । तमिल फिल्मको रिमेकको रुपमा आएको यो फिल्म फ्लप सावित भएको थियो । कार्तिक आर्यन अब चाँडै ‘सत्य प्रेमकी कथा’ र ‘आशिकी ३’मा देखिँदैछिन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया