अझै पक्राउ परेनन् सांसद लक्ष्मी महतो कोइरी

महोत्तरी- गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर जारी भएपनि हालसम्म प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी अझै फरार छन् ।
२०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि नै फरार रहेका कोइरी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ वाट निर्वाचित भएका हुन् ।
सुरक्षाकर्मी थमन विकको हत्या गरेको आरोप लागेका संसद् कोइरी निर्वाचित भएपछि दुई पटक संसद् भवन छिरेका थिए ।
दुई-दुई पटक संसदमा जाँदा पनि पक्राउ पर्न गर्न नसकेपछि चौतर्फी विरोध भएसँगै गृह मन्त्रालयले गत ६ माघमा सांसद कोइरीलाई पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, दुई महिना नाघिसक्दा पनि उनी पक्राउ पर्न सकेका छैनन् ।
नेकपा एमालेबाट निर्वाचित संसद कोइरीलाई एमालेले नै संरक्षण गरेको आरोप छ भने उनलाई सरकारले नै जोगाएको पनि आरोप छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया