शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

कोभिड संक्रमितको संख्या बढ्दै, थप ६९ जनामा संक्रमण

काठमाडौँ- नेपालका पछिल्लाे समय कोभिड-१९ संक्रमितको संख्या बढ्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार थप ६९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । ४ सय ८८ पिसिआर परीक्षणका क्रममा २५ जना र ७ सय ७८ एन्टीजेन परीक्षणका क्रममा ४४ जनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक जना कोभिडमुक्त भएका छन् । हाल नेपालमा कोभिडका संक्रिय संक्रमित ६६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।