१९ सांसदमा देखियो कोभिड-१९ संक्रमण

काठमाडौँ : संघीय संसद्का १९ जना सांसदलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । जसमध्ये प्रतिनिधि सभाका १८ र राष्ट्रिय सभाका एक रहेको संसद् सचिवालयले जनाएको हो ।
संसद् भवन नयाँ बानेश्वरमा बैशाख २२,२३ र २४ गते गरिएको स्वाव संकलनपछि यो संक्रमण देखिएको छ । शनिबार दिउँसोसम्म १ हजार २३४ जनाको रिपोर्ट आएको छ । जसमा संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकिय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, आइसीसीका कर्मचारी तथा अन्य रहेका छन् ।
संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकिय सचिब, सुरक्षाकर्मी, ससदीय मामिला पत्रकार लगायत १४१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको सचिवालयले जनाएको छ । २७ गते बस्ने प्रतिनिधि सभा बैठकको तयारी स्वरुप बिहीबारबाट यो परीक्षण थालिएको थियो । २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् ।

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया