एक महिनामै १ लाख नाघे 'हाम्रो पे'का प्रयोगकर्ता

काठमाडौँ- हाम्रो पात्रो अन्तर्गतको डिजिटल वालेट 'हाम्रो पे' सुरु भएको एक महिनामै एक लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । हाम्रो पात्रोका प्रयोगकर्ताले छुट्टै एप डाउनलोड गर्नु नपर्ने र सहजै खाता खोल्न सकिने भएकाले प्रयोगकर्ताको आकर्षण देखिएको बताएको छ ।
'हाम्रो पे' विशेषगरी मोबाइल टपअप, बिजुली, खानेपानी, इन्टरनेट, टीभी लगायतको बिल तिर्न बढी प्रयोग हुन थालेको छ । यस बाहेक नेपाल पे क्यूआर राखिएका मर्चेन्ट, विभिन्न सुपर स्टोर तथा ग्रोसरी स्टोर लगायतका स्थानमा समेत हाम्रो पात्रोबाटै भुक्तानी गर्न सकिन्छ ।
प्रयोगकर्ताले एपमा रहेको ‘स्प्लिट एण्ड पे’ फिचर निकै रुचाएको कम्पनीले जनाएको छ । यो फिचर साथीहरूबीच मिलेर बिल तिर्नका लागि उपयोगी छ ।
हाम्रो पात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ कम्पनीले गत ५ फागुनमा डिजिटल भुक्तानी सेवाको रुपमा हाम्रो पे ल्याएको थियो । जसमा ‘स्प्लिट एण्ड पे’का साथै कहाँ कति खर्च भइरहेको छ भन्ने कुरा थाहा पाउन खर्च ट्र्याक गर्ने, विभिन्न छ वटा स्थानीय भाषामा प्रयोग गर्न सकिने जस्ता मौलिक फिचरसमेत रहेका छन् ।
त्यस्तै प्रयोगकर्ताको सहजताका लागि 'लाइभ च्याट सपोर्ट’ समेत उपलब्ध छ । 'हाम्रो पे'लाई आगामी दिनमा हाम्रो पात्रोमा उपलब्ध हुने मिनी एपमार्फत गरिने खरिदको भुक्तानीमा समेत प्रयोग गर्न सकिने छ ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_rUAFdz67Hf_ygvsqzco9xevinwh9ymtvgtgsqknnxbuk1tmb7ndjqkzpyagya0t7bxuwdi1.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया