छाउपडी प्रथा उन्मूलन योजनामा महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडले छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग गर्ने भएको छ । 'सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत सुदुरपश्चिमका ग्रामीण क्षत्रेहरूमा सहयोग गर्ने भएको हो ।
सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरूमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि Action Works Nepal (NGO) द्वारा साञ्चालित 'Chhaupadi & Menstrual Health Hygiene Management Project' लाई सफल बनाउन आर्थिक सहयोग प्रदान गर्ने भएको हो ।
छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्घ जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्षरुपमा प्रभावित बालिका तथा महिलाहरूलाई स्वास्थ्य सेवा तथा पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चलित योजना बैतडीको दिलासैनी गाउँपालिकामा करिब चार महिना सञ्चालन गरिने बैंकले जनाएको छ ।
उक्त योजना अन्तर्गत गाउँपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरू, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधाको प्रयोग गरी पुःन प्रयोग गर्न सकिने सेनीटरी प्याड बनाउने तालिम प्रदान गरिनेछ । छाउपडी प्रथाका विरुद्घ कार्यक्रमहरू गरी समुदाय स्तरमा जनचेतना जगाउने प्रयासमा सहभागिता स्वरुप बैंकले एनजिओलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
आगामी दिनहरूमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्…

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

प्रतिक्रिया