‘नाङ्गो गाउँ’ मा दया, कार्म र साम्राज्ञीको रुप

काठमाडौँ- निर्देशक दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा धमाधम भैरहेको छ । चैत्रको १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक लामाले जानकारी दिए । फिल्मको छायांकनमा मुख्य कलाकारहरु दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल व्यस्त छन् ।
निर्माणपक्षले सुटिङका तस्बिर सार्वजनिक गर्दै फिल्ममा चरित्रको झलक प्रस्तुत गरेको छ । तस्बिरले फिल्मको कथा त बताउँदैन तर चरित्रको गेटअपको बारेमा भने मोटामोटी अनुमान गर्ने अवसर दिन्छ । तस्बिरमा दयाहाङ राई र शिशिर गफ गर्दै गरेको देख्न सकिन्छ भने नायक कार्म नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्टिक देखिएका छन् । फिल्ममा वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यस्तै, फिल्मकी मुख्य नायिका मिरुना मगरको भने दृश्य छायांकन नभैसकेको निर्देशक लामाले जानकारी दिए ।
मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भैरहेको यो फिल्मलाई हिमाल शर्माले लगानी गरेका हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ ।निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ यो वर्षको सुपरहिट फिल्म हो । उनले ‘घामपानी, गोपी, छ माया छपक्कै’ लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् । लामाको यो फिल्म गाउँमा हुने राजनीति केन्द्रित रहेको बताइएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया