२३ वर्षमा पनि बनेन धनकुटामा शहिद उद्यान

धनकुटा - निर्माण सुरु भएको २३ वर्ष पुग्दा पनि धनकुटाको शहीदभूमि गाउँपालिकाको शहीद उद्यान निर्माण सम्पन्न हुन सकेको छैन । विसं २०६६ देखि तत्कालीन शान्ति मन्त्रालयको रु एक करोड लागतमा २०३६ सालको छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त १६ शहीदको सम्झनामा उक्त उद्यान निर्माण थालिएको हो । शहीदभूमि–२ र ३ को पातलडाँडामा क्रमागत योजनाअन्तर्गत निर्माण सुरु गरिएको उक्त उद्यानको बाँकी काम पूरा नहुँदा निर्माण गरिएका संरचनासमेत जीर्ण बन्दै गएका छन् ।
हालसम्म संघ र प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत रु दुई करोड आठ लाख खर्च गरेर १२ किलोमिटर सडक, शहीद स्तम्भ तथा विभिन्न संरचना निर्माण गरिएका छन् । बजेट अभावका कारण उद्यानको काम पूरा हुन नसकेको उपभोक्ता समितिका अध्यक्ष रुपलाल राईले जानकारी दिए ।
उद्यान निर्माणका लागि २०६६ सालमा रु एक करोड, २०७४ मा रु ३८ लाख, २०७५ सालमा रु ४० लाख संघीय सरकार र त्यसपछि २०७६ सालमा रु २० लाख, २०७७ र २०७८ सालमा कोशी प्रदेश सरकारको रु १०÷१० लाख खर्च भएको थियो । चालु आवमा बजेट नहुँदा समस्या भएको अध्यक्ष राईले बताए ।
उद्यान निर्माणको काम पूरा गर्नका लागि प्रदेश सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारेर लगेकाले अब बाँकी काम चाँडै पूरा हुने गाउँपालिका अध्यक्ष मनोज राईको भनाइ छ ।
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_FObzB4ezS5_mfat23obsc0jt5e5zasmcbyr7cswfasv0idlrvls8q1xpsbcf6dbsz6f7ejt.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

प्रतिक्रिया