हामीले तीन वटा मन्त्रालयमा दाबी गरेका छौं : झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको हैसियत अनुसार तीन वटा मन्त्रालयमा दाबी गरेको बताएका छन् ।
मंगलबार काठमाडौंको बानेश्वरमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका खनालले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले संघीय संसद्मा नेकपा एकीकृत समाजवादीसँग १८ सिट रहेकाले पार्टीको हैसियत अनुसार नै मन्त्रालयको सिट माग गरिएको बताएका हुन् ।
उनले १० दल सरकारमा जाने र मन्त्रालयको सिट २५ रहेकाले दलहरूको भूमिकाका आधारमा मन्त्रिमण्डल बाँडफाँट गर्नुपर्ने धारणा राखे । उनले सरकारको पाँच वर्षे नीति कार्यक्रमको योजना बनाएर मात्रै मन्त्रिमण्डल बाँडफाँट गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गरे ।
त्यस्तै खनालले मिटरब्याज पीडितहरूको माग जायज रहेको भन्दै आन्दोलनमा समर्थन रहेको बताए । उनले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने पनि बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया