'शान्ति प्रक्रियाका बाँकी कामहरूलाई छिटो टुंगो लगाउनुपर्छ'

काठमाडौँ- विज्ञहरूले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई छिटो टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार नेपाली कांग्रेस संसदीय दलले पार्टीका सांसदहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले सशस्त्र द्वन्द्व पीडितले न्याय तथा परिपूरण पाउने समाजमा मेलमिलाप हुने गरी शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्याउन सरकार र संसद्लाई सुझाव दिएका हुन् ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका बारेमा गरिएको अन्तरक्रियामा विज्ञहरूले यसलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पुर्याउन सुझाव दिएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९' प्रतिनिधिसभा पेश गरेको छ ।
सोही विधेयकको बारेमा विज्ञहरूले सांसदहरूलाई ब्रिफिङ गरेकाे र सांसदहरूले पनि सो सम्बन्धी जिज्ञासा राखेको पनि प्रमुख सचेतक लेखकले बताए ।
अन्तरक्रियामा ५ जना विज्ञहरूले सो संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया