बागमती प्रदेशका १ हजार ५८५ जना पत्रकारकाे दुर्घटना बिमा

मकवानपुर- बागमती प्रदेशका पत्रकारलाई दुर्घटना बिमा गरिएकाे छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकारलाई सामूहिक दुर्घटना बीमा गरिदिएको हाे ।
सञ्चारको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारका लागि राष्ट्रिय बिमा कम्पनी लिमिटेड मार्फत प्रतिव्यक्ति ४ लाख रुपैयाँको दुर्घटना बिमा गरिएको मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीका अनुसार ६३ करोड ४० लाख रुपैयाँ बराबरको बिमाङ्क रकमको बिमा गरिएको हो ।
२०७९ चैत्र ५ बाट लागू हुने बिमालेख अनुसार बिमित पत्रकारको मृत्यु भएमा कूल ४ लाख रुपैयाँ र दुर्घटना भएमा १ लाख बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने कार्कीले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जिम्मेवारी सम्हालेपछि पत्रकारको बिमाको काम छिटो कार्यान्वयन गर्न निर्देशन दिएपछि पत्रकाहरूको सामूहिक दुर्घटना बिमा लागू भएको हो ।
यसैगरी मन्त्री श्रेष्ठले नेपाल पत्रकार महासंघ बागमती प्रदेशलगायत अन्य ५ वटा संस्थाहरूलाई समेत पत्रकाहरूको क्षमता अभिवृद्धि गर्न सहयोग गरिएको बताए ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया