संक्रमित थेग्न नसकेपछि कर्णालीमा करार स्वास्थ्यकर्मी थपियो

सुर्खेत : कर्णालीमा कोभिड–१९का संक्रमित बढेपछि प्रदेश सरकारले एक सय १२ जना नयाँ स्वास्थ्यकर्मी करार सेवामा नियुक्त गरेको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँचौं तहका स्वास्थ्यकर्मी नियुक्ति गरिएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रवीन खड्काले संक्रमित थेग्न नसकिएपछि स्वास्थ्यकर्मी थप गरिएको बताए । खड्काका अनुसार नियुक्त भएका एक सय १२ जना स्वास्थ्यकर्मीमध्ये स्टाफ नर्स ७६, ल्याव टेक्निसियन १२, हेल्थ असिस्टेन्ट १०, रेडियोग्राफर ६, फार्मेसी सहायक ६ र कविराज (आर्युवेदको पाँचौं तह) दुई जना छन् ।
नियुक्त भएका सबैलाई पाँच दिनभित्र तोकिएको कार्यक्षेत्रमा पुग्न निर्देशन दिइएको निर्देशक खड्काले बताए । डा. खड्काका अनुसार नियुक्त भएका सबै स्वास्थ्यकर्मीलाई कोरोना नियन्त्रणमा खटाइएको छ नियुक्त भएका स्वास्थ्यकर्मीहरू मध्ये सबैभन्दा धेरै प्रदेश अस्पतालमा खटिनेछन् । अन्य जिल्लामा कोरोना संक्रमणको अवस्था, अस्पतालमा संक्रमितको चाप र मागका आधारमा प्रदेशका दश वटै जिल्लामा खटाइने निर्देशक डा. खड्काले बताए ।
‘कोरोना भाइरसको महामारीसँगै कर्णालीमा संक्रमितको संख्या तीव्र रूपमा बढेपछि स्वास्थ्यकर्मीको अभाव हुँदै आएको गुनासो बढेको थियो’, निर्देशक खड्काले भने,‘यो सामाजिक विकास मन्त्रालयले अघिल्लो वर्ष नै विज्ञापन पनि थियो र अहिले बिरामीको चाप थेग्न नसकेपछि करारमा स्वास्थ्यकर्मी नियुक्त गरिएको हो ।’
प्रदेशमा १५ सय जना स्वास्थ्यकर्मीको दरखास्त परेकोले आवश्यकता अनुसार करारमा नियुक्त गर्दै जिल्लामा खटाइने उनले बताए ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_OKmBPHX56j_omdjqsgyuxbjthxhi1hyjz2hmxowpwrudbevggr9q2z7z2rlel590pfninoh.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

गाउँपालिकाका उपाध्यक्षद्वारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि कर्णालीमा गोदाममै पाठ्यपुस्तक

प्रतिक्रिया