सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालय बाँडफाँटबारे छलफल हुने

काठमाडौं - सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । हिजो साँझ विनानिष्कर्ष टुंगिएको बैठक मन्त्रालयको भागबन्डा मिलाउन आज पुनः बस्न लागेको हो । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।
मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरूले आफ्नो-आफ्नो दाबी नछोड्दा बिनानिष्कर्ष सकिएकाे थियो ।
हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गरेका थिए । उक्त मस्यौदामा आज छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।
न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने नेता लेखकले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया