राजेन्द्र लिङ्देनको प्रश्न- गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ?

काठमाडौं - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई अधिकार छैन भन्दै सरकारसँग प्रश्न गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले मंगलबार आफ्ना प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीमाथि दुर्व्यवहार भएको भन्दै घोर भर्त्सना गरे ।
मंगलबार मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन जाने क्रममा प्रमुख सचेतक शाहीमाथि दुर्व्यवहार भएको भन्दै उनले यसप्रति घोर भर्त्सना गर्दै नागरिकलाई राजावादी हुने छुट नभएको हो भन्दै प्रश्न गरे ।
‘सत्तापक्षीय कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुर्व्यवहार गर्ने प्रयास गरियो त्यसको म भर्त्सना गर्दछु’ उनले भने, ‘म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ? ’
मिटरब्याजी पीडितको समस्या समाधान गर्न माग गर्दै उनले यसलाई ढाकछोप नगर्न पनि आग्रह गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया