एनएसएल : ललितपुर प्लेअफमा, विराटनगरको यात्रामा पूर्णबिराम

काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल) को रोमाञ्चकता शनिबार उत्कर्षमा पुग्यो । प्रतियागितामा बलियो सुरुवात गरेको विराटनगर सिटी एफसी लिग चरणबाट बाहिरिदा ललितपुर सिटी एफसीले प्लेअफमा स्थान बनायो । लगातार दोस्रो पराजय भोगेपछि विराटनगरको एनएसएल यात्रामा पूर्णबिराम लाग्यो । उता मुख्य प्रशिक्षक बर्खास्त गरेको ललितपुरले प्रतियोगिताको दोस्रो जित दर्ता गर्यो ।
पछिल्लो खेलमा काठमाडौँ रेजर्स एफसीसँग पाँच गोल खाएको विराटनगरको रक्षापंक्ति ललितपुरविरुद्धको खेलमा पनि कमजोर रह्यो । सुरुवाती पाँच खेलमा तीन गोल गरेको ललितपुरले विराटनगरको पोस्टमा चार गोल गर्यो ।
ललितपुरको जितमा कप्तान अञ्जन विष्टले दुई गोल गरे । उनले ३६ औँ र ८१ औँ मिनेटमा गोल गरे । त्यस्तै विजयी टिमका लागि विमल राना र विदेशी खेलाडी नुर्लान जाहिदले समान एक गोल गरे ।
रेफ्रीको निर्णयमा विमती जनाउदै केहीबेरका लागि मैदान छाडेको विराटनगर ८४ औँ मिनेटपछि १० खेलाडीमा सिमित भयो । विराटनगरका विजय धिमाल दोहोरो पहेलो कार्डका कारण मैदान छाड्न बाध्य भएका थिए ।
विराटनगरमाथि जित दर्ता गरेपछि ललितपुरले छ खेलबाट नौ अंक बनायो र तेस्रो स्थानमा उक्लियो । त्यस्तै, विराटनगर भने सात अंकमा सिमित भयो । र, पाँचौँ स्थानमा झर्यो । एनएसएलको प्लेअफमा यसअघि नै धनगढी एफसी र काठमाडौँ रेजर्सले स्थान पक्का गरिसकेका छन् ।
अब लिगमा शीर्ष दुईमा रहने टोलीबीच पहिलो प्लेअफ खेल हुनेछ । विजयी टिम फाइनल प्रवेश गर्नेछ । त्यस्तै, पराजित टिमले तेस्रो तथा चौँथौँ हुने टिमबीचको विजेताको सामना गर्नेछ । फाइनल खेल जेठ १ मा दशरथ रंगशालामा हुनेछ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया