जितनारायण श्रेष्ठ भन्छन्- नाकको डाँडी कसको भाँच्नुपर्ने रहेछ जनताले बुझिसके

काठमाडौँ - नेपाली कांग्रेस नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले मंसिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गरे ।
उनले मंसिरमा उक्त निर्वाचन क्षेत्रबाट विजयी बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फण्डा गरेर जितेको आरोप लगाउँदै अहिले सभापति लामिछाने आफ्नो पहिचानका लागि लडिरहेको बताए । सभापति लामिछानेको पार्टी आफैँ अस्थिर बनिरहेको र सरकारलाई दएको विश्वासको मतको कारणहरू जनतालाई खुलाउन आवश्यक नठान्ने जस्ता नराम्रा काम गरिरहेकाले जनताले स्पट बुझिसकेको उनले बताए ।
नेता श्रेष्ठले बैशाख १० गतेको निर्वाचनमा मंसिरको उल्टो परिणाम आउने दाबी गरे । ‘मंसिरको निर्वाचनमा चितवनमा पनि स्वाभाविक रूपमा हावाहुरी आएको थियो । त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले जनताबीच आफ्नो स्थिति खोज्दै छ । पहिचान खोज्नुपर्ने स्थितिमा छन्,' उनले भने, 'कहिले कसलाई समर्थन गरेको छ, कहिले कसलाई भोट हालेको छ, भोट हालेको कारण पनि खुलाउन पर्दैन, किन सरकारलाई समर्थन गरेको भनेर खुलाउनु नपर्ने, के कारणले हो भन्नेकुरा जनतालाई भन्नु नपर्ने, पार्टीबाट निर्णय गर्नु पनि नपर्ने, अनि आफूलाई मन लागेको कुरा जे पनि गरेको देखिएको छ । मंसिरको उल्टो परिणाम अब आउनेछ । सत्ता साझेदार दलहरूको साझा उम्मेदवार म हुन्छु भन्ने कुरामा विश्वस्त छु । तत्कालीन उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्थ्यो, उहाँले प्रचारबाजी गर्नुभयो । फण्डाहरू दिनुभयो, त्यो फण्डामा एक पटक हो कि त भनेर चितवनका जनताहरू झुक्किएको अवस्था थियो । अहिले पूर्णरूपमा उसका गतिविधिबाट जनताले वास्तविकता बुझे । कसको रहेछ नाकको डाँडी भाँच्नुपर्ने जनताले बुझेका छन् ।’
नेता श्रेष्ठले चितवनका जनता शिक्षित रहेकाले सभापति लामिछानेको वास्तविकता बुझिसकेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया