मिटरब्याजीहरूलाई राजनीतिक दलले संरक्षण गर्नुहुँदैन : डा. पौड्याल

काठमाडौँ- राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरूलाई संरक्षण नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले मिटरब्याजीहरूलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरूले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गरेकी हुन् । उनले मिटरब्याजीहरूलाई दलका कार्यकर्ताले संरक्षण गरे, नगरेको विषयमा दलहरू बोल्नुपर्ने बताइन् ।
उनले दलहरूले आफ्ना मतदाता र समर्थकबाट मिटरब्याजीको संरक्षण हुन दिनु नहुने बताइन् । त्यसैगरी उनले मिटरब्याज पीडितहरूलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
मिटरब्याज गैरकानुनी भएको भन्दै त्यसका विषयमा जनचेतना जगाउनुपर्ने डा. पौड्यालकाे भनाइ छ ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया