तनहुँ-१ मा मेरो जित सुनिश्चित : नेता भट्टराई

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर-१ मा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतमा झैं यसपटक पनि कांग्रेस नै विजयी हुने बताएका हुन् । उनले यस पटक विगतको भन्दा धेरै मत ल्याउने गरी काम थाल्ने पनि उल्लेख गरे ।
नेता भट्टराईले गठबन्धनका दलहरू एक भएर चुनावमा प्रतिष्पर्धा गर्ने जिकिर गरे ।
आफूले गरेका कामहरू नै आफ्नो जितका आधार भएको नेता भट्टराईकाे भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया