एसईई परीक्षाका लागि मधेश प्रदेशमा सम्पूर्ण तयारी पूरा

काठमाडौँ- मधेश प्रदेशमा एसईई परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
गत दुई आर्थिक वर्षमा कोरोना महामारीको संक्रमणका कारण प्रभावित भएको एसईई परीक्षालाई मर्यादित बनाउन लागि मधेश सरकारले तयारी पूरा गरेको जनाएको हो । चैत १७ गतेदेखि देशभर एसईई परीक्षा सुरु हुँदैछ । मधेश प्रदेशका शिक्षा निर्देशनालयका निर्देशक चूडामणि फुयाँलले मधेशमा यस पटकको एसईई परीक्षामा कूल २ सय ७९ परीक्षा केन्द्रमा ७९ हजार ९४ परीक्षार्थीहरू सहभागी हुने बताए ।
उनका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी धनुषाबाट ४३ परीक्षा केन्द्रमा १२ हजार १ सय ४६ परीक्षार्थी सहभागी हुनेछन् भने सबैभन्दा कम रौतहटमा ३५ परीक्षा केन्द्रमा ८ हजार ९ सय ५७ परीक्षार्थीले परीक्षा दिने छन् ।
त्यस्तै सप्तरीमा ३६ परीक्षा केन्द्रमा ९ हजार ५ सय २७, सिरहामा ४० परीक्षा केन्द्रमा १० हजार १ सय ५०, महोत्तरीमा ३१ परीक्षा केन्द्रमा ९ हजार ५४, सर्लाहीमा १० हजार ९ सय १६, बारामा ३२ परीक्षा केन्द्रमा ९ हजार १ सय ७९ र पर्सामा २५ परीक्षा केन्द्रमा ९ हजार १ सय ६५ परीक्षार्थी सहभागी हुने छन् । मधेश प्रदेशमा परीक्षालाई मर्यादित बनाउनका लागि ७ हजार ५ सय ७९ जनशक्ति खटाइनेछ ।
परीक्षा केन्द्रहरूमा सुरक्षाकर्मी समेत परिचालन गरिने मधेश प्रदेश सरकारले जनाएको छ ।
मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश यादवले मधेशमा एसईई परीक्षालाई मर्यादित, भयरहीत र अनुशासित बनाउनका लागि मधेश सरकारले हरसम्भव प्रयास गर्ने बताए । उनले प्रदेशका ८ वटै जिल्लाका शिक्षा समन्वय इकाइका प्रमुखहरू, ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका पदाधिकारीहरूसँग समन्वय तथा छलफल गरिएको र सबै प्रतिनिधिहरूले परीक्षामा कडाइ गर्नुपर्ने माग गरेको बताए ।
मधेशमा यसअघि नक्कल गरेर (चिट चोरेर) परीक्षा उत्तीर्ण गर्ने परिपाटी बढ्दै गएको आरोप लागेपछि मधेश प्रदेशले यस पटकको एसईई परीक्षामा चिट चोर्ने परिपाटीको अन्त्य गर्ने र परीक्षाको बेला सरकारी विद्यालय खोज्ने निजी विद्यालयको कदम अन्त्य गर्ने मन्त्री यादवले बताए ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया