कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने/नदिने विषयमा निर्णय गर्दै कांग्रेस

सुर्खेत - कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । शर्माले आज दिउँसो बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रदेश सभा सचिव जीवराज बुढाथोकीले आजको बैठकको कार्यतालिका १ बजे बस्ने सर्वदलीय बैठकपछि मात्रै बन्ने जानकारी दिए । यता नेपाली कांग्रेस र नेपा एमालेले अहिलेसम्म मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा औपचारिक निर्णय गर्दै छन् ।
नेपाली कांग्रेस प्रदेश समितिका प्रवत्ता दमन शाहीले पार्टीको कार्यसम्पादन समितिको बैठक बसेर सबैको धारणा लिने काम गरिएको बताए । ‘पार्टीको कार्यसम्पादन समितिको धारणा लिने काम सकिएको छ’ इकागजसँग उनले भने, ‘अहिले साढे एक बजेदेखि सर्वदलीय बैठक बसिरहेको छ यसबाट विश्वासको मत दिने नदिने विषयमा निर्णय हुन्छ ।’
बैठक सकिएपछि मात्र औपचारिक निर्णय हुने शाहीले बताए । यता सरकारमा रहेको एमाले भने यति बेलासम्म ‘पर्ख र हेर’ को अवस्थामा छ । एमाले सांसद टेकराज पछाईले अहिलेसम्म कुनै निर्णय नभएको बताए । दलको बैठकले नै औपचारिक निर्णय गर्ने उनले बताए ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया