चिट चोराएको आरोपमा निरीक्षक पक्राउ

जनकपुरधाम- धनुषामा एसईई परीक्षामा खटिएका एक निरीक्षक चिट चोरी गराएको आरोपमा पक्राउ परेका छन् । धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित वीपी कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादव पक्राउ परेका हुन् ।
निरीक्षक यादवले कक्षाकोठा बाहिरबाट प्रश्नपत्र हल गराई आफ्नो मोबाइलमा पठाउन लगाएर विद्यार्थीलाई चिट चोरी गराएको फेला परेपछि पक्राउ गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिएका छन् ।
यादवलाई जनता आधारभूत माध्यमिक विद्यालय बनिगामा लक्ष्मिनीयाँबाट सो वीपी कोइराला माविको परीक्षा निरीक्षकमा खटाइएको थियो । परीक्षाको पहिलो दिन नै उनले मर्यादा विपरीतको काम गरेपछि पक्राउ परेका हुन् । परीक्षा निरीक्षकले नै मोबाइल प्रयोग गरी वाट्सअपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाएको र सोही माध्यमबाट उत्तर आएपछि विद्यार्थीहरूमा मोबाइल मार्फत नै विद्यार्थीसम्म पुर्याएको र केहीलाई उतार गराइरहेको क्रममा पक्राउ परेका थिए ।
प्रश्नपत्र उत्तरसहित फेला परेको उनको मोबाइल अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रजिअ दाहालले जनाएको छ ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया