अब सरकारले अर्थतन्त्रलाई सुधार गर्नुपर्छ : अध्यक्ष यादव

काठमाडौँ- सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अब सरकारको ध्यान मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र जनतालाई राहत दिने कुरामा केन्द्रित हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित रिपोर्टस् क्लब नेपालको रजत महोत्सव समारोहमा बोल्दै उनले सरकारले पूर्णता भएको भन्दै सो कुरा बताएका हुन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले मिटरब्याजबाट पीडित जनताका समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिए ।
राज्यले उनीहरूलाई पीडामुक्त गराउने दायित्व लिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष यादवले ग्रामीण भेगका जनताका लागि सानातिनो कारोबार गर्नका लागि लोन दिने व्यवस्थालाई सहज हुने गरी बैंक तथा वित्तिय संस्थाहरूको व्यवस्था गर्नुपर्ने खाँचो समेत औंल्याए ।
अध्यक्ष यादवले संविधान अनुसार सबैलाई अवसर दिने काममा पनि सरकार प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया