चितवन-२ मा एमालेले गर्याे उम्मेदवार सिफारिस

चितवन- वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन-२ मा नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ । पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउन माथिल्लो कमिटीलाई सिफारिस गरेको हो ।
क्षेत्रीय समिति र जिल्ला समितिले न्यौपानेलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका जिल्ला पूर्वअध्यक्ष तथा चितवन-२ का पूर्वसांसद कृष्णभक्त पोखरेले जानकारी दिए ।
गत मंसिर ४ मा भएको निर्वाचनमा अत्यधिक मतान्तरसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने नागरिकतासम्बन्धी विवादमा परेर अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया