आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

फाइल फोटो

तनहुँ - तनहुँमा ट्र्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु भएको छ । दुर्घटनामा इश्वर अधिकारीका छोरासहित दुईजना घाइते भएका छन् । 

भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेँसीसहर सडकखण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका उनको  उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन् । दुवैको उपचार भइरहेको छ । 
रासस