चेल्सीले म्यानचेस्टर सिटीलाई हरायो
काठमाडौँ : इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई हराएको छ । शनिबार राती भएको खेलमा चेल्सीले सिटीलाई २-१ गोलले हराएको हो ।
चेल्सीलाई जिताउन जियाच र अलोन्सोले गोल गरे । सिटीका लागि रहिम स्टर्लिङले गोल गरेपनि टिमलाई जिताउन सकेनन् । पहिलो हाफको अन्तिममा पाएको पेनाल्टीमा सर्जियो अग्वेरो गोल गर्न चुक्दा सिटी पराजित भएको हो ।
जितपछि चेल्सी ३५ खेलबाट ६४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । सिटी भने ८० अंकसहित शीर्ष स्थानमा कायमै छ । चेल्सी र सिटी यस सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेका टिम हुन् । फाइनल खेल मे २९ तारिखमा टर्कीको इस्तानबुलमा हुनेछ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया