खल्तीबाट 'बहाव'को टिकट काट्नेलाई थाइल्यान्ड घुम्ने अवसर

काठमाडौं । 'बहाव' सिनेमा निर्माण पक्षले पनि 'बहाव' फिल्मको टिकटमा थाइल्यान्ड घुम्न पाउने योजना सार्वजनिक गरेका छन् । यो योजनामा सहभागी हुन चाहाने दर्शकले चलचित्रको टिकट खल्ती एप मार्फत काट्नुपर्ने छ | खल्ती एप प्रयोगकर्ताको एकाउन्ट केवाइसी प्रमाणित भएको हुनुपर्ने छ |
नेपालभरीबाट २५ भन्दा बढी हलको टिकट खल्ती एप मार्फत काट्न सकिने छ | खल्ती एपबाट सिनेमाको टिकट काटेर सिनेमा हेर्ने दर्शकले एम डी होलिडेजको तर्फबाट एक जोडीलेथाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन् | साथै खल्ती एपबाट टिकेट काट्दा Promocode : BAHAAB प्रयोग गरेर १०% सम्म पैसा फिर्ता समेत प्राप्त गर्न सक्ने छन् |
सिनेमा प्रमोशन मा जोडिन पाएकोमा फिल्म 'बहाव' को टिमलाई धन्यवाद दिदै विजेतालाई थाइल्यान्ड घुमाउन उत्सुक रहेको एम डी होलिडेजकी प्रमुख प्रतिनिधि बिनिता त्वयनाले बताएकी छिन् । यस पुरस्कारसँग जोडिएको टिकेटिङ पार्ट्नर खल्ती पनि उत्तिकै उत्सुक भएको भन्दै खल्तीले यस्ता कार्यक्रमहरुलाई बढावा दिने र खल्ती एप मार्फत फिल्म हेर्ने प्रयोग कर्ताका लागि अहिलेसम्मकै ठूलो पुरस्कार राशीको यो टुर प्याकेजमा रहेको कुरा खल्तिकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले जानकारी दिइन | खल्ती एक नेपालको उदयमान डिजिटल वालेट र भुक्तानी गेटवे हो । यसले विभिन्न बिल भुक्तानीहरू, मोबाइल रिचार्जहरू, मनी ट्रान्सफरहरू, घरेलु रेमिटेन्स, किनमेल, चलचित्र टिकट आदिको लागि सुरक्षित र छिटो अनलाइन भुक्तानी माध्यम प्रदान गर्दछ भने एम डि ट्राभल्स बिगत ६ वर्ष दखि ट्राभल प्याकेजहरु उपलब्ध गरिरहेको एक IATA लाइसेन्स प्राप्त संस्था हो जसका प्रबन्ध निर्देशक लिला बहादुर लामा हुन |
दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात , पाँच दिनको टुर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज फिल्म प्रमोशनको लागि निकै प्रभावकारी हुने फिल्मका मार्केटिंग हेड सुदिप दवाडीको दाबी छ | विजेता छनोट भने फिल्म प्रदर्शन सकिएको २ हप्ता पछि खल्तीको अफिसियल पेज मार्फत लक्की ड्र गरेर गरिनेछ | सो प्याकेज प्राप्त गर्नको लागि विजेताले घोषणा भएको २ हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ । टूर प्याकेज घोषणाको मितिदेखि ३ महिना भित्रसम्म मात्र मान्य हुनेछ | विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई उनीहरूबीचको नाता प्रमाणित प्रमाणपत्र देखाएर प्याकेजको लागि मनोनीत गर्न सक्नेछ | थाइल्याण्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेताको स्वयमको हुनेछ | भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र भिसा रकम विजेता स्वयम्ले बेहोर्नु पर्ने छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया