‘जोन विक ४’ को स्टन्ट टिमलाई केन्यु रिभ्सले बाँडे रोलेक्स घडी

लसएन्जल्स - अघिल्लो हप्ताबाट विश्वव्यापी प्रदर्शन थालेको केन्यु रिभ्स अभीनित ‘जोन विक ४’ले बक्स अफिसमा पैसा छापिइरहेको छ । बक्स अफिसमा दर्शकले यसलाई रुचाउनमा यसको स्टन्टलाई मुख्य कारण मानिएको छ । फिल्भ भित्र केन्युले खेलेका केही स्टन्टका दृश्य अभूतपूर्व रहेको धेरैको टिप्पणी छ ।
तर अरुले भनेर मात्र होइन केन्यु रिभ्सलाई पनि यसै लागेको छ । उनले फिल्मले उत्साहजनक प्रतिक्रिया पाएसँगै स्टन्ट टिमलाई रोलेक्स घडी बाँडेको समाचार आएका छन् । उनले पेरिसमा सम्पूर्ण स्टन्ट टिमलाई खाना खुवाउँदै १० हजार डलर बराबरका घडी उपहार दिएको खबर छ ।
घडी पाउने स्टन्टमेनले घडीको तस्बिर राख्दै केन्युलाई धन्यवाद दिएपछि केन्युको यो कर्म बाहिर आएको हो । घडीमा भित्र सम्बन्धित मानिसलाई धन्यवाद दिँदै केन्युले ‘जोन विक ५’मा पनि काम गर्ने निम्तो दिएका छन् । निर्माण कम्पनी लाइन्स गेटले पहिला नै यसको पाँचौँ भाग बन्ने र पटकथा लेखनको काम भइरहेको जनाएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया