मिटरब्याजबारे अनुसन्धान गर्न आयोग गठन गर्ने सरकारको तयारीप्रति सांसदको आशंका

काठमाडौं - सरकारले मिटरब्याजको अनुसन्धान गरी पीडितलाई न्याय दिन आयोग गठन गर्ने तयारीप्रति पीडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा मिटरब्याजी पीडितको न्यायका लागि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाप्रति जवाफ दिनेक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धमा आयोग गठन गर्ने र कानुन बनाएर पीडितलाई न्याय दिने बताए ।
त्यसपछि सांसदहरुले पीडिकलाई उन्मुक्ति दिन खोजिएको भन्दै सांसदहरुले पीडितबाट उजुरी लिएर तत्काल कारबाही प्रक्रिया थाल्नुपर्ने बताए ।
सांसदहरु रघुजी पन्त, अमरेशकुमार सिंह, प्रेम सुवालसहित बोलेका अधिकांश सांसदहरुले तत्काल नै मिटरब्याजी पीडितलाई न्याय दिनेगरी काम गर्नुपर्ने बताए । देशका धेरै आयोग बनेका र ती आयोगका प्रतिवेदन कार्यान्वयन नभएको भन्दै उनीहरुले आयोग बनाउने कुरा नै पीडकलाई उन्मुक्ति दिन खोजिएको आशंका गरे ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया