राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकास सम्भव छैन : महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशिला तयार गर्न नसकिने बताएका छन् ।
आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा राजनीतिक अस्थिरतालाई अन्त्य गर्न नेकपा एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने उल्लेख गरे । उनले एमाले बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित नभइकन देश निर्माणको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने दाबी गरे ।
महासचिव पोखरेलले नेपाली कांग्रेससहितको ५ दलीय गठबन्धन हुँदा मुलुकमा अवैध अर्थतन्त्र प्रोत्साहित गर्ने, कालोबजारी, तस्करी लगायतका गतिविधिलाई प्रोत्साहित गर्दा अर्थतन्त्रको अवस्था दयनीय बनेको बताए ।
महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिन नसक्दा देश बन्न नसकेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया