बेकोको नयाँ वर्ष अफरमा के-के छन् ?

काठमाडौँ- युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै 'नयाँ वर्षको उमंग, मनाऔँ बेकोसँग' नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ के.जी. को एरिएल म्याटिक वाशिङ पाउडर उपहार पाइन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइन्छ । त्यस्तै सिङगल डोर रेफ्रिजिरेटरमा आइरन, डबल डोर रेफ्रिजिरेटरमा राइस कुकर र मल्टी डोर रेफ्रिजिरेटरमा एअर फ्राएर उपहार पाइन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा फ्राइ प्यान र एअर कन्डिसनर को खरिदमा चार हजार रुपैयाँ बराबरको फ्री इन्स्ट्लेसन पाइन्छ ।
उक्त योजना २०७९ चैत १५ गतेदेखि सिमित अवधिका लागि लागू गरिएको छ । बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजि इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।
कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौँभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, किर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौँ बाहिर पोखरा, इटहरी, हेटौंडा र भरतपुरमा रहेका छन् ।

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

प्रतिक्रिया