यस्तो छ नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । आ.व २०७८/७९ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले विभिन्न बीमा योजनामा बोनस दर प्रति हजार बीमांक रु.६३ देखि रु.८५ निर्धारण गरेको छ । सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार रु.६४, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि प्रति हजार रु.६४, २१ वर्षदेखि २५ वर्षसम्मका लागि प्रति हजार रु.७०, २६ र सो भन्दा माथिका लागि प्रति हजार रु.८५ तोकेको छ ।
त्यस्तै, सावधिक तथा आजिवन बीमालेख अन्तर्गत ९ वर्षदेखि २० वर्ष अवधिसम्मको लागि प्रति हजार रु.६४, २१ देखि २५ वर्षसम्मका लागि प्रति हजार रु.७०, २६ देखि २९ वर्षसम्मका लागि प्रति हजार रु.८५ , ३० र सो भन्दा बढी अवधिका लागि प्रति हजार रु.८५ छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार रु.६३, १० देखि १४ वर्षसम्मका लागि प्रति हजार रु.६३ , १५ देखि १९ वर्षसम्मका लागि प्रति हजार रु.६४, २० र सो भन्दा माथिका लागि प्रति हजार रु.६४ को दरले बोनस दर तोकिएको छ ।
उच्च तथा आकर्षक बोनस दरको कारणले कर्जा-दावी-पूर्ण अवधि सबैमा बढी रकम प्राप्त हुने छ । ठूलो जीवन बीमा कोष भएको यस कम्पनीले अधिकतम प्रतिफल प्रदान गर्दै आफ्ना ग्राहकवर्गहरुलाई लाभान्वित गर्दै आइरहेको छ ।

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

प्रतिक्रिया