सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

मर्मत सम्भारका लागि मनकामना केबुलकार सेवा बन्द रहने

काठमाडौं– नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि यही चैत २२ गते बुधबार १ दिनका लागि केबुलकार सेवा बन्द हुने भएको छ ।

जसअनुसार केवुलकार टावरको मर्मतसम्भार सकिएलगत्तैै यी चैत २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुने कम्पनीले जनाएको छ ।
उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ ।

कम्पनीले  मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति गरेको छ ।