सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

प्रधानन्यायाधीश राणा संवैधानिक परिषद् बैठकमा उपस्थित

देउवा र सापकोटा सहभागी भएनन्

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ : सबैतिरको उपस्थित हुन नहुने सुझावबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा संवैधानिक बैठकमा उपस्थित भएका छन् । अध्यादेशका आधारमा बोलाएको बैठकमा उपस्थित हुन नहुँने चर्को दबाबबीच प्रधानन्यायाधीश राणा परिषद् बैठकमा उपस्थित भएका हुन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राणा उपस्थित छन् । सदस्यसचिवको हैसियतमा मुख्यसचिव शंकरदाश बैरागी पनि बैठकमा सहभागी छन् ।

परिषदमा पदेन सदस्य रहने सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने बैठकमा उपस्थित छैनन् । उनीहरूले शनिबार नै प्रधानमन्त्रीले बोलाएको परिषद् बैठकमा उपस्थित नहुने धारणा सार्वजनिक गरेका थिए ।  

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।