तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउन सांसदको माग

काठमाडौँ- राष्ट्रिय सभाकी सांसद मदनकुमारी साह गरिमाले तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय आँखा उपचारको हव बनाउने गरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।
मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गर्नुपर्ने आवश्यकता पनि औंल्याइन् । बहराइन सरकारको मानवीय सेवाका लागि प्रदान गरिने इसा अवार्डबाट सम्मानित भएका तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतप्रति बधाई ज्ञापन गर्दै उनले विश्वमा आफ्नो योग्यता र सेवाबाट नेपाललाई चिनाएको उल्लेख गर्दै सो कार्य सबै नेपालीका लागि गर्वको विषय भएको पनि स्पष्ट पारिन् ।
सांसद साहले नेत्र विशेष डा. रुइतले नेपालमा लेन्स उत्पादन उद्योग खोलेर विश्वमै मानवीय सेवाका लागि उदाहरणीय काम गरेको पनि बताइन् ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया