कार्यव्यवस्था परामर्श समिति बस्दै, के होला विश्वासको मत ?

काठमाडौँ : प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको छ । बैशाख २७ गते बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न आइतबार दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा यो बैठक बस्न लागेको हो ।
सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित यो समितिले छलफलपछि तय गर्ने कार्यसूचीका आधारमा बैठक कसरी अघि बढाउने भन्ने निष्कर्ष निकालिने सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट पार्ने आवश्यक ठानेको भन्दै प्रतिनिधि सभाको बैठक आह्वान गरेकी थिइन् ।
कोभिड-१९ संक्रमणले दैनिक नयाँ रेकर्ड कायम गरिरहेको तथा प्रमुख राजनीतिक दलभित्रै पनि आन्तरिक विवादले उत्कर्ष रूप लिइरहेका बेला हुन लागेको प्रतिनिधि सभाको यो बैठकलाई निकै चासोसाथ हेरिएको छ ।

राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्य…

शहरी विकास मन्त्रालय आज सबैभन्दा अस्तव्यस्त र लथालिङ्गः सांसद थापा

अमरेश सिंहको ७२ जिल्ला विदेशीलाई लिजमा दिने अभिव्यक्ति संसदीय रेकर्डबाट डिलिट

सदनमा रास्वपा सांसदहरुको नाराबाजी

अमरेश सिंहले संसदमा भनेः ५ जिल्ला बाहेक अरु विदेशीलाई दिउ

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, कस्ता छन् कार्यसूची?

भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न हुँदैनः श्याम घिमिरे

प्रतिक्रिया