बागमतीमा एकै दिन ६३ जनामा कोभिड-१९ को नयाँ भेरियन्ट
लक्षण देखिनेबित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह

मकवानुर- नेपालमा पहिलो समय काेरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएकाे छ । यसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ पनि देखा परेको स्वास्थ्य मन्त्रालयले साेमबार मात्रै पुष्टि गरेकाे छ ।
यसैबीच बागमती प्रदेशका शहरी क्षेत्रहरूमा कोभिड संक्रमण दर बढेको तथ्याङ्कले देखाएको छ । प्रदेशका विभिन्न जिल्लामा एकै दिन ६३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका डाक्टर रविन भुसालका अनुसार ३ सय ६६ जनाको परीक्षण गरिएकामा ६३ जनामा कोभिड संक्रमण पुष्टि भएकाे हाे ।
देशैभरमा ७६ जनामा कोभिड संक्रमण हुँदा यस प्रदेशमा मात्र ६३ जनामा संक्रमण देखिएको हो । मन्त्रालयले कोभिड सङ्क्रमणको लक्षण देखिनासाथ आइसोलेसनमा बस्न अनुरोध समेत गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गरइ आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो ।
मन्त्रालयले रुघा, खोकी र ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ समेत देखा परेको छ । अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले सङ्क्रमण बढिरहेको मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयले सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउन समेत आग्रह गरेको छ । कोभिड–१९ महामारी अझ पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरेको छ ।
शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले बढिरहेको छ । चैत २० गते मात्रै ७६ जनामा नयाँ सङ्क्रमण र सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय २७ पुगेको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया