मधेश सरकारबाट बाहिरिँदै एमाले, चार मन्त्रीले राजीनामा दिँदै

काठमाडौं– मधेशप्रदेशका चार मन्त्रीले राजीनामा बुझाउने भएका छन् । एमलेबाट मन्त्री भएकाहरुले मुख्यमन्त्रीसमक्ष राजनीमाको तयारी गरेका छन् ।
मन्त्रीहरुकाे राजीनामासँगै यो प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले आज सरकारबाट बाहिरिनेछ । मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाउन लागेको मधेश प्रदेश एमले स्रोतले जानकारी दियो । केन्द्रमा सत्ता समीकरण भएसँगै उनीहरुले राजीनामा दिन लागेका हुन् ।
एमालेबाट मन्त्री बनेकाहरू भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून–न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी र महिला–बालबालिका, युवा तथा खेलकुद मन्त्री मो. जैद आलमले राजीनामा दिदैछन् ।

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

प्रतिक्रिया