सांसदहरूलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह : सदन चलिरहँदा मोबाइल स्विच अफ गर्नूस्

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल स्विच अफ गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।
मंगलबार राष्ट्रिय सभा बैठकमा उनले मोबाइल स्विच अफ गर्न सांसदहरूलाई सचेत गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी साह गरिमाले बोलिरहेका बेला एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भनेका हुन् ।
उनले भने, ‘माननीयज्यू मोबाइल स्विच अफ गर्नूस् ।’
सदन चलिरहेका बेला सांसदहरूलाई राष्ट्रिय सभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया