सरकार राष्ट्रिय सहमतिको बाटोबाटै अघि बढ्नुपर्छ : सांसद दाहाल

काठमाडौँ- राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहालले संघीयता, गणतन्त्र पक्षधर शक्तिहरूबीचमा राष्ट्रिय सहमति कायमै गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
मुलुकमा देखा परेको आर्थिक जटिलता, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन र जनताको अपेक्षा अनुसार विकास र समृद्धिको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय सहमतिको बाटोबाटै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद दाहालले वर्तमान सरकारले पनि सोही कुरालाई आत्मसात गरेर अघि बढिरहेको दाबी समेत गरे ।
सांसद दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पुर्याउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया