मधेश सरकारबाट बाहिरियाे एमाले, पाँच मन्त्रीले दिए राजीनामा

काठमाडौं– मधेशप्रदेशका पाँच मन्त्रीले राजीनामा बुझाएका छन् । एमालेबाट मन्त्री भएकाहरुले मुख्यमन्त्रीसमक्ष राजनीमा दिएका हुन् ।
मन्त्रीहरुको राजीनामा स्वीकृत भएसँगै यो प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले सरकारबाट बाहिरिनेछ। मन्त्रीहरुले मुख्यमन्त्री रामसरोज यादवसमक्ष राजीनामा बुझाएका हुन् । केन्द्रमा सत्ता समीकरण भएसँगै उनीहरुले राजीनामा दिएको एमाले स्रोतले जनाएको छ ।
एमालेबाट मन्त्री बनेकाहरू भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून–न्याय तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखी र महिला–बालबालिका, युवा तथा खेलकुद मन्त्री मो. जैद आलमले राजीनामा दिएका हुन् । त्यसैगरी गृह तथा सञ्चारमन्त्री राज्य मन्त्री केशव रायले राजीनामा दिएका हुन् ।

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

प्रतिक्रिया