देश कोभिडको चपेटामाः तस्करलाई दशैं
बुटवल : देश यतिबेला तीव्र रुपमा फैलिरहेको कोभिड-१९ को महामारीसंग जुधिरहेको छ । सबैको ध्यान यसबाट बच्ने र बचाउनेमै केन्द्रित छ । निषेधाज्ञा गरेर संक्रमणको चेनब्रेक गर्ने प्रयास भैरहेको बेला नदिजन्य सामग्रीको चोरी तस्करी गर्नेहरुलाई यहि समय दशैं जस्तै बनेको छ ।
सिङ्गो देश कोभिड माहामारीको सामना गरिरहेको संकटपूर्ण अवस्थामा पश्चिम नवलपरासीका खोलाहरुमा तस्करको मनमौजी चलेको छ । स्थानिय बासिन्दा घरभित्र बसेको र सुरक्षा निकाय संक्रमण नियन्त्रणमा खटिईरहेको बेला तस्करले भने मौकामा चौका हानिरहेका छन् ।
ति खोलाहरुमा ठुला ठुला उपकरण हेक्साभेटर, डोजर प्रयोग गरि अबैध उत्खनन् गर्ने काम तीव्र गतिमा भइरहेको छ । स्थानिय राज चौधरीले भने- 'बिहान उज्यालो नहुदैदेखि राती अवेरसम्म पनि खोलामा ठेकेदारका मान्छेहरुले खनिरहेको र गिट्टी बालुवा बोकिरहेका हुन्छन् ।'
ठेकेदारले सम्बन्धित निकायसंग सेटिङ मिलाएरै अवैध दोहन गर्दै आएको चौधरीको बुझाई छ । सुनवल नगरपालिका अन्र्तगत पर्ने भुमही र तुरीया खोलामा भैरहेको अवैध उत्खनन् भैरहेको क्षेत्र हुन् ।
तर खोला ठेक्का प्रकृयामा सम्बन्धीत निकायलाई आर्थिक प्रलोभनमा पारी गैरकानुनी रुपमा मेसीनको प्रयोग हुने गरेको स्थानियले बताएका छन् । जसको कुनै अनुगमन हुने गरेको छैन ।
अहिलेको कोरोना संकटको अवस्थामा उनिहरुलाई राम्रो अवसर जुटेको छ । राज्यका नियामक सबै अंगहरु कोरोना महामारी नियन्त्रणमा केन्द्रित भएको बाहनामा रात दिन एक्साभेटरबाट अवैध उत्खन्न र स्टक गर्नेहरुका विषयमा उजुरी समेत भएको छ ।
सुनवल नगरपालिकास्थित भुमही खोलाको ठेक्का रायमाझी कन्सट्रक्सन, काठमाडौँ र तुरिया खोलाको ठेक्का, मल्टीटेक कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि पेप्सीकोला काठमाडौँले लिएको हो । ठेकेदारका प्रतिनिधि राहुल विकले आफुहरुले नियम अनुसारको काम गरिरहेको प्रतिक्रिया दिए । उनले सम्बन्धित नियकाबाट सामग्री निकाल्ने अनुमतिको कागज भएकोले कसैले ठाउको दुखाउन नपर्ने जवाफ दिएका छन् ।
अवैध खोला दोहन हुदा प्रत्यक्ष असर र प्रभावको चपेटामा पर्ने स्थानीय समुदाय तस्करहरुका अगाडि बोल्न सकेका छैनन् । स्थानियका केहि अगुवाहरुलाई मिलाएर समेत काम भएको हुन सक्ने चौधरीको छ । स्थानिय तहसँगै चुरे संरक्षण समिति, जिल्ला समन्वय समितिले समेत पटक पटक गुनासो गरेपनि सुनुवाइ गरेको छैन ।
यस विषयमा नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले गुनासो आएको बताए । तर आफुहरुको ध्यान अन्यत्रै भैरहेको बेला त्यस्तो गरिएको हो भने कारबाही हुने उनको भनाई छ । अत्यावश्यक बाहेकका सबै काम बन्द भएको बेला खोला उत्खनन् गर्ने कार्य बन्द गर्न चौतर्फी दबाब सिर्जना गर्नुपर्ने आवाज उठेको छ ।

रुपन्देहीमा चट्याङ लागेर यादवको मृत्यु

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

प्रतिक्रिया